Kath Khabar
नेपालमा थप १६०३ जनामा संक्रमण

काठमाडौं, असार २० । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १६ सय जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर कुुल आठ हजार एक सय ३२ ओटा नमुनाको परीक्षण गर्दा एक हजार छ सय तीन जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा थप २७ जनाको कोेभिड १९ को संक्रमणबाटट मृत्यु भएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुुल दुई हजार पाँच सय ५२ संक्रमणमुक्त भएकाछन् । 

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा चार सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा तीन सय ४२, ललितपुर जिल्लामा ८८ र भक्तपुर जिल्लामा ३१ जना रहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update