Kath khabar
आयरल्यान्ड ‘ए’सँग आज दोस्रो खेल खेल्दै नेपाल


                         काठमाडौं, चैत १३  । टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । आजको खेल जितेमा नेपालले यो श्रृङ्खला जित्नेछ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द रहेका छन् । आजको खेल सकाएर नेपाली टोली भारतको गुजरात र बरोडासँग खेल्न भारत जानेछन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update