बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ
                        
                        
                                                
                                            
ललितपुर, चैत १४ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३६ वर्षीया आशा चौधरी लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरबाट २०७६ माघ ७ गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, ३ लाख रूपैयाँ बिगो बमोजिम जरिवाना र क्षतिपुर्ती बापत पीडित राहत कोषमा १२ हजार रूपैयाँ जम्मा गराउने फैसला भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:२०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
