Kath khabar
आजबाट सुरु भयो एसईई (तस्बिरसहित)

 

                       काठमाडौं, चैत १५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको एसईई ११ बजे सम्म ३ घण्टा चल्नेछ ।  यस वर्ष एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीहरु सहभागी भएका छन् । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमाहरु एसईई दिन विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको छ ।

परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइर्ई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

विभिन्न जिल्लामा सहभागी विद्यार्थीहरु :

SureshAcharya_Surkhet_RSS_15_IMG_5168(1)-1711600345.jpg

JanardanGhimire_Gulmi_RSS_15_IMG_5326-1711600426.jpeg
KuldeeepNeupane_Dang_RSS_15_20240328_070149-1711600408.jpg

BibekMishra_Morang_RSS_15_20240328_074545-1711600367.jpg

BasudevPoudel_Gandagi_RSS_15_20240328_073123(1)-1711600365.jpg

NabinGadtaula_Sunsari_RSS_15_IMG_20240328_085522-1711600360.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update