Kath khabar
कपनबाट एक व्यक्ति पेस्तोल सहित पक्राउ


                    काठमाडौं, चैत १६ । काठमाडौंको कपनबाट पेस्तोल तथा अन्य हातहतियार सहित एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ९ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ६ सरस्वतीनगर बस्ने बर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई नियन्त्रणमा लिई निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल थान–१, धारिलो चक्कु थान–२, फलामको हम्बर थान–१, मोबाईल थान–२ सहित नियन्त्रणमा लिईएको हो ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको सुचनाको आधारमा ति व्यक्तिलाई नियन्त्रणमा लिईएको प्र्रहरीले जानकारी दिएको छ ।   

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update