Kath khabar
स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण


                 लस एन्जलस,चैत १८ । संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ ।

स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ ।
 

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update