Kath khabar
ग्रीसले लोकप्रिय ‘गोल्डेन भिसा’को मूल्य बढायो

 

                         काठमाडौं, चैत १९ । ग्रीसले आवास सङ्कट कम गर्न आवश्यक आफ्नो गोल्डेन भिसा नियममा कडाइ गर्दै लगानी आठ लाख युरो पुर्याएको छ ।

सन् २०१४ मा सुरु भएको यो सफल कार्यक्रमले विदेशीहरूलाई दुई लाख ५० हजार युरोको सम्पत्ति लगानीको बदलामा पाँच वर्षको नवीकरणीय आवासीय अनुमति प्रदान गरेको थियो ।

अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको नियमसँगै अनुसार एटिकाजस्तै एथेन्स, थेसालोनिकी, माइकोनोस, सान्टोरिनी र तीन हजार १०० भन्दा बढी जनसङ्ख्या भएका टापुहरू वरपरका आकर्षक क्षेत्रहरूमा गोल्डेन भिसाको उच्चतम सीमा आठ लाख युरो पुग्नेछ ।

अन्य क्षेत्रहरूमा यसको उच्चतम सीमा चार लाख यूरोभन्दा माथि हुनेछ । “यी उपायहरू सरकारको समग्र आवास नीतिको एक भाग हो, जसको उद्देश्य निजी क्षेत्रसँगको सहकार्यमा, सबै नागरिकहरूको लागि किफायती र गुणस्तरीय आवास सुनिश्चित गर्नु हो,” अर्थमन्त्री कोस्टिस हाटजीडाकिसले भन्नुभयो ।

बैंक अफ ग्रीसको तथ्याङ्कअनुसार सन् २०१८ मा करिब एक दशक लामो सङ्कटबाट औपचारिक रुपमा बाहिर निस्केपछि घरभाडामा २० प्रतिशतले वृद्धि भएको छ । लगानीकर्ताहरूले ऐतिहासिक घरजग्गा र औद्योगिक भवनहरूलाई आवासमा रूपान्तरण यसपहिले २ लाख ५० हजार युरोमा कम्तिमा १२० वर्ग मिटरको जमिन खरीद गर्नुपर्थ्यो ।

आप्रवासन मन्त्रालयको गत वर्षको तथ्याङ्कअनुसार प्रारम्भिक भिसासम्बन्धी अधिग्रहण वा नवीकरणका लागि १० हजार २१४ आवेदन परेका छन् । सन् २०२३ मा पाँच हजार ७०१ गोल्डेन भिसा अनुमति दिइएको थियो भने आठ हजार ८०० आवेदन बाँकी छन् । यो वर्ष कम्तीमा एक अर्ब युरो लगानी भएको छ ।

यद्यपि, सार्वजनिक कम्पनी तथा उद्यमशिलता सङ्गठनले सरकारले घरको मूल्य घटाउने र दीर्घकालीन भाडाका लागि घरको उपलब्धता बढाउने आफ्नो लक्ष्य हासिल गर्नेमा ‘अत्यधिक शङ्का’ रहेको जनाएको छ । ग्रीसमा सन् २००८ मा सुरु भएको आर्थिक सङ्कटको समयमा सम्पत्ति बजार र निर्माण उद्योगले गम्भीर मन्दीको सामना गर्नुपरेको थियो । सङ्गठनका अनुसार अहिलेसम्म करिब २० हजार स्थायी आवासीय अनुमति पत्र रियल इस्टेट लगानीकर्तालाई दिइएको छ ।

---

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update