Kath Khabar
नेपालमा २६२२ जनामा कोभिड २९ को संक्रमण

काठमाडौं, असार २१ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुुई हजार छ सय २२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर कुल ११ हजार पाँच सय २७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् । 

यसअवधिमा देशभर कुल दुई हजार दुुई सय ११ जना संक्रमण मुक्त भएकाछन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ कै कारण थप २३ जनाको मृत्यु भएको छ ।

 यसैगरी काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप पाँच सय ६२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडांै जिल्लामा तीन सय ७८, ललितपुर जिल्लामा एक सय २४ र भक्तपुर जिल्लामा ६० जना संक्रमित थपिएकाछन् । मन्त्रालयका अनुसार अहिले देशभर २५ हजार छ सय ९० जना सक्रिय संक्रमितहरु रहेकाछन् । जसमध्ये सात हजार छ सय ८३ जना सक्रिय संक्रमितहरु काठमाडौं उपत्यकामा मात्र रहेकाछन । 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update