जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जना भक्तपुरबाट पक्राउ
                        
                        
                                                
                                            
                                                                    
                     भक्तपुर, चैत २० । चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडास्थित सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय रेल कुमार तामाङको रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक तामाङ समेत २० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
