Kath khabar
बाढीको जोखिमको भविष्यवाणी गर्न अष्ट्रेलियामा एआईको प्रयोग


                   सिड्नी, चैत २० । अष्ट्रेलियाको दक्षिणपूर्वी राज्य ‘न्यू साउथ वेल्सले’ मंगलबार बाढीको सम्भावित प्रभावहरूको भविष्यवाणी गर्न कृत्रिम बौधिकत्ता (एआई ) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेको जनाएको छ ।

सरकारले एक मिडिया विज्ञप्ति मार्फत, यसले गर्दा गम्भीर मौसमी घटनाहरूमा समुदायहरूलाई जोगाउन मद्दत गर्न सक्ने उल्लेख गरेको छ । उक्त  विज्ञप्तिमा वास्तविक–समय मौसम जानकारी दिन ‘ब्यूरो अफ मेटियोरोलोजी डेटा’ र बाढी जानकारीसँग जोडिएको उल्लेख गरिएको छ । र परिदृश्य (भिजुअलाइजेशन) र स्पेसियल डिजिटल ट्विन ( प्रयोगकर्ताहरूलाई मोडेलहरूको रूपमा डेटाको विश्लेषण गर्न एकै ठाउँमा ठूलो मात्रामा डेटा व्यवस्थित गर्न सक्षम बनाउने )  मार्फत परिदृश्य र निर्मित वातावरणमा परिवर्तनहरू प्रदर्शन गर्न सम्भव भएको  भनिएको छ ।      

पूर्वाधार र समुदायहरूमा जोखिमहरू भविष्यवाणीमा प्रयोग गर्न सकिने र राज्यको आपतकालीन सेवालाई लक्षित अलर्टहरू मार्फत प्रभावित समुदायहरूमा जानकारीको द्रुत प्रसारको लागि डेटाको सम्भावित रूपमा प्रयोग गर्न यसले मार्ग प्रशस्त गर्दछ । यो मोडेलहरूमा ठूलो मात्रामा डेटा सवदृष्य गर्न र विस्तृत विश्लेषणहरू मार्फत डेटा बुझ्न र विश्लेषण गर्न अनुमति दिन्छ ।

राज्यका ग्राहक सेवा र डिजिटल सरकारका मन्त्री जिहाद दिबले “जलवायु परिवर्तनबाट प्रभावित बढ्दो गम्भीर मौसमको सामना गर्ने क्रममा राज्य आपतकालीन सेवालाई प्रविधिको साथ जानकारी छिटो पहुँच गर्न मद्दत गर्ने भन्नुभयो ।”

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update