Kath khabar
हात्तीवनस्थित मेटल उद्योग आगलागीमा परी मृत्यु भएका व्यक्तिको परिचय खुल्यो, १० लाख बराबरको क्षति

 

                      ललितपुर, चैत २५ । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा परी मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभएको छ ।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्नुहुन्थ्यो । आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताउनुभयो । विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।
 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update