९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रण
                        
                        
                                                
                                            
                                                                    
                    काठमाडौं, चैत २५ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमोगाडी नियन्त्रणमा लिएको छ ।
चैत्र २४ गते शनिबार वीरगंज महानगरपालिका–१७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बी.आर. १० जे ८२०१ नम्बको टाटासुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । चालक भने फरार रहेका छन् ।
नियन्त्रणमा लिईएको मदिरा र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।
-1712491202.jpg)
 
 
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:४६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
