Kath khabar
अल्लु अर्जुनको ‘पुष्पा २ : द रुल’ को टिजर रिलिज

              काठमाडौं, चैत २६ । साउथ सुपरस्टार अल्लु अर्जुनको जन्मदिनको अवसर पारेर यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ : द रुल’ को टिजर सोमबार सार्वजनिक गरिएको छ । अल्लु अर्जुनले फिल्म पुष्पा : द राइजको दोस्रो भागको टिजर सार्वजनिक भएको हो ।

‘पुष्पा २’ को टिजरको सुरुमै आलिशान मण्डप तयार भएको देखिन्छ । हजारौं मानिस त्रिशूल बोकेर सिन्दुर फुकिरहेको देखिन्छ । त्यसपछि अल्लु अर्जुनको खुट्टामा घुँघुरु बाँधेर आँखामा काजल लगाएको कपाल झारेको झलक देखिन्छ । टिजरमा सारी लगाएका अल्लु अर्जुनको खुट्टामा घुँघुरु, कानमा झुम्का, आँखामा काजल र हातमा त्रिशूल बोकेर शत्रुसँग लडिरहेका छन् ।

टिजरको भव्य भिजुअल, जीवन्त रंगले जो कसैको पनि ध्यान आकर्षित गर्छ । दर्शकको मनपर्ने पुष्पराजलाई असाधारण र दमदार अवतारमा देख्न सकिन्छ । टिजरमा हृदयलाई धड्काउने पृष्ठभूमिको संगीत बेजोड छ । निर्माताहरूले २०२१ को ब्लकबस्टर 'पुष्पा द राइज' को यो सिक्वेललाई अझ ठूलो र पहिले कहिल्यै नदेखेको अनुभव गराउन सक्ने बनाएका छन् ।

यो फिल्म १५ अगस्ट २०२४ मा विश्वभरका थिएटरहरूमा रिलिज हुने कार्यक्रम रहेको छ । सुकुमारद्वारा निर्देशित र मिथ्री मुभि मेकर्सद्वारा निर्मित यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा छन् । 

अल्लु अर्जुनले सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पा : द राइजमा उत्कृष्ट अभिनय गरेका थिए । उनको कामलाई दर्शकले निकै मन पराएका थिए र फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update