
काठमाडौं, असार २२ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार छ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा देशभरबाट १२ हजार पाँच सय ८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा देशभरबाट एक हजार पाँच सय ६५ जना संक्रमणमुक्त भएकाछन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप १५ जनाको मृत्युु भएको छ ।
काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टाको अवधिमा चार सय ९९ जना संक्रमित थपिएकाछन । सो मध्ये काठमाडौ जिल्लामा तीन सय ६५, ललितपुर जिल्लामा एक सय पाँच र भक्तपुर जिल्लामा २९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक थप भएका समेत गरी काठमाडौ उपत्यकामा अहिले कुुल सक्रिय संक्रमितहरुको संख्या सात हजार आठ सय २८ रहेको छ ।