Kath khabar


                   काठमाडौं, वैशाख ६ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको यो ट्रेलर ३ मिनेट २६ सेकेण्डको रहेको छ ।

ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धको उतारचढाव देखाइएको छ । रोहित अधिकारीले प्रस्तुत गरेको यो चलचित्र जेठ १० मा रिलिज हुँदैछ । फिल्मको लेखन तथा निर्देशन सुयोग गुरुङले गरेका हुन् । निर्देशक गुरुङले सन् २०१९ देखि नै चलचित्रको तयारीमा रहेको स्मरण गर्दै नेपाली चलचित्रमा पहिलो पटक ट्राभल यात्रा चलचित्र बनाएको र नेपालीका लागि यो फिल्मले पक्कै पनि फरक स्वाद दिने उनको दाबी छ ।

फिल्मका नायक अनमोल केसीले चार वर्षअघि निर्देशक सुयोगले फिल्मको कन्सेप्टबारे बताएपछि आफूलाई फिल्मप्रति रुचि भएको खुलासा गरे । यो पात्र मेरा लागि चुनौतीपूर्ण थियो । तीन वर्षको मिहिनेतपछि त्यो चुनौती तोड्न सफल भएको छु,’ उनले भने ।

यो चलचित्रका निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपानेको सहनिर्मातामा अरुण रिजाल सहनिर्माताको रुपमा निर्माण भएको चलचित्रमा मोती कार्की र अनिरुधर गिरी कार्यकारी निर्माता रहेका छन् । सुरेन्द्र पौडेलको सम्पादक रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी रहेको छ ।

फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय छ । रवि काफ्ले र समृद्धि रिजालले यस फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update