Kath khabar
गाई फर्ममा आगलागी हुँदा फार्मसहित १७ गाई र १ भैंसी जलेर नष्ट


                        भक्तपुर, वैशाख ११ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खगाल बस्ने ईश्वर न्यौपानेको गाई फर्ममा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा १७ गाई र १ भैंसी सहितको फर्म जलेर नष्ट भएको छ ।

गाईभैँसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक आगो लागेको देखिएपछि निभाउने प्रयास गर्दागर्दै गाईभैँसीका लागि सुक्खा ओछ्याउने सोत्तरमा आगो सल्किएपछि फार्म नै नष्ट भएको उहाँले बताउनुभयो ।

आगो लागेको स्थानमा आगलागी भएको दुई घण्टा पछि जुद्ध बारुण यन्त्र, स्थानीय प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब १८ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको आँकलन गरिएको छ ।

यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली सर्भिस ट्रयाकस्थित सडकमा मनोहराबाट लोकन्थलीतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०२–०४३ प ७०७७ नम्बरको ईलेक्ट्रोनिक स्कुटरमा ब्याट्रीबाट सर्ट भई सोमबार राति आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर क्षति भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update