Kath khabar
कान्तिलोकपथ आइतबारदेखि १३ घण्टा यातायात सञ्चालनमा


                     बागमती, वैशाख १७ । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने सडक आइतबिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौँडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । सो नियमअनुसार अगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उहाँको भनाइ छ ।

ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्जाङ, भट्टेडाँडा, काल्चmे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ ।
 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update