Kath khabar
ललितपुर र काठमाडौंमा विभिन्न धनमाल चोरी


                     काठमाडौं, वैशाख १७ । ललितपुरको महालक्ष्मी नगरपालिका–५ सिद्धार्थ टोल बस्ने ४० वर्षीय सानो लामाको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २० हजार रूपैयाँ तथा सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ९९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं महानगरपालिका–७ चावहिल शान्तिगोरेटो डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सरस्वती खड्काको कोठाबाट ढोकाको ताला फोडेर नगद ५० हजार रूपैयाँ र सुनको विभिन्न गहना गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update