Kath khabar
सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण

काठमाडौं, वैशाख  २३  | सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।


बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेका थिए । नायव महानिरीक्षक शाहले जस्तोसुकै आपत विपद्मा परेका नागरिकहरुको उद्धार र सहयोगको लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए । 


सो कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव, नं. १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update