Kath khabar
चोरीमा संलग्न रहेको अभियोगमा धुम्बाराहीबाट दुईजना पक्राउ


                   काठमाडौं, वैशाख २४ । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप १ थान,  मोबाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका–३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो ।

विभिन्न मितिमा काठमाडौं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update