Kath khabar
पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने


                   काठमाडौं, वैशाख २५ । पाँच वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ ।

कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो । पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ

कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका  प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागू गरिएको र बाँकी सहरहरूमा समय अनुकुल विस्तार गरिने बस्न्यातको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update