Kath khabar
धुलिखेल जिपलाइनमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रवारसम्म


                       काठमाडौं, वैशाख २६ । धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो ।  छुट आमाले मात्रै खेल्दा सम्म पनि पाइने कम्पनीले जनाएको छ । छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ ।

वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ । सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने आमा तथा छोराछोरीले छुटको अवसर प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update