बसबाट लडेर बालिकाको मृत्यु
ललितपुर, वैशाख २८ । गोदावरी नगरपालिका–१० टाखेलस्थित सडकमा बा.४ ख ७०४ नम्बरको बसबाट लडेर महांकाल गाउँपालिका–६ ठुलादुर्लुङ बस्ने रेनिसा दाहाल संजेलकी छोरी ४ वर्षीया आर्या संजेलको बिहीबार बिहान मृत्यु भएको छ ।
बसबाट लडेर गम्भीर घाइते भएकी उनको बज्रबराही अस्पताल चापागाउँ हुँदै बिएण्डबि अस्पताल ग्वार्कोमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय