काभ्रेको जङ्गलमा जलेको अवस्थामा युवकको शव फेला

काभ्रेपलाञ्चोक, वैशाख २८ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ मेलम्ची जिरोकिलो सडक खण्डस्थित बिराजे खोल्चा जङ्गलमा एक पुरुषको शव फेला परेको छ ।
जिरोकिलो–मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । उक्त शवको छाती, खुट्टा र मुखमा तारले बाधिएको छ । करिब २५ वर्षको उमेरका जस्ता देखिने शवको पहिचान हुन सकेको छैन ।
शवको प्रकृति हेर्दा घटना १५/१६ दिन अघि भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा कुकुरसहित प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय