नगद तथा विभिन्न सुनका गरगहना चोरी

काठमाडौं, वैशाख ३१ । भक्तपुरको भक्तपुर चाँगुनारायण नगरपालिका–१ गाखु पंञ्चदेव टोल डेरा गरी बस्ने शुबेश चौधरीको कोठाबाट कोही नभएको अवस्थामा ताला फोडेर नगद २० हजार रूपैयाँ, सुनको विभिन्न गरगहना गरी करिब ५ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२७ खरानीफाट बस्ने कोपिला नेपालीको घरको ढोका फुटाई सुनका विभिन्न गरगहना, ड्रोन क्यामेरा र ल्यापटप लगायतका सामानहरू गरी करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ १३:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय