काठमाडौं, जेठ २ । बाल गायिका श्रेजु वाग्लेको स्वर रहेको र्याप गीत ‘जय होस’ को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा माननीय महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, माननीय डा. रेखा यादव, प्रसिद्ध र्याप गायक निर्णय श्रेष्ठ (एनएसके) तथा विश्व किर्तिमान एवं वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले ‘जय होस्’ को गीत भिडियो विमोचन गरेका थिए । मन्त्रीज्यूले श्रेजुको आत्मविश्वासको प्रसंशा गर्दै उज्ज्वल भविष्यको शुभकामना दिनुभयो ।
साथै वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले आफ्नो नयाँ गीतमा श्रेजुको स्वर र र्याप राख्ने प्रतिवद्धता दिनुभयो । र्याप गायक निर्णय श्रेष्ठ (एनएसके) ले यसरी नै अगाडि बढ्दै आफ्नो माटो र मौलिकतालाई समेट्दै जानु भन्दै शुभकामना दिनुभयो । श्रेजुका पिता तथा गीतका रचनाकार खुशीको आँसु झारी बोल्न लाग्दा निःशब्द भई आशीर्वाद दिनुभयो ।
शेखर वाग्ले (सिड) को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । विकास प्रसाईँको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, वरिष्ठ र्याप गायक निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएको सम्मका दृश्य समेटिएका छन् ।
९ वर्षका श्रेजुले नेपाली र संस्कृत भाषामा गाएको यो गीत नेपालमै सम्भावित पहिलो हुनसक्छ । उक्त गीतको भिडियो बाबा–छोरी युट्युब च्यानलमा हेर्न सकिने छ । बाबाछोरीको रेडियो कार्यक्रम पनि हामी ईमेज न्यूज एफएम १०३.६ मा सुन्न सक्छौं । बाबाछोरीका अनुसार उहाँहरुको प्रेरणाको स्रोत निर्णय श्रेष्ठ (एनएसके) हुन् । उक्त गीतको लिङ्क तल दिइएको छ ।