Kath Khabar
काठमाडौंको थलीमा एक पुरुष मृत भेटिए, चाल्नाखेलबाट घाइते छोरा पक्राउ

 

                       काठमाडौं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५, सानोथलीमा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

मृतक भक्तपुर- ७, छालिङ घर भई हाल काठमाडौंको रविभवनमा बस्दै आएका ५२ वर्षीय कृष्ण नगरकोटी भएको थली प्रहरीले जनाएको छ । नगरकोटीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत अवस्थामा फेला परेका नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् । 

मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । “मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटी काटी घाइते भएको अवस्थामा फेला परेका छन्”, उहाँले भन्नुभयो । अनुन्धानका क्रममा चिरेनलाई हिजो चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खुलेको छ ।

मंगलबार बिहान थलीको उकालोमा अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मृतकको अनुहार कालो कपडाले ढाकेको, रगत लतपतिएको र ब्लेड पनि भेटिएको थियो ।

त्यस्तै, मृत भेटिएका पुरुष कृष्ण नगरकोटीकी छोरी सेतोपुल क्षेत्रबाट ट्याक्सीमा फेला परेकी छन् । छोरीका अनुसार मृतक बुबा ट्याक्सी चलाउने काम गर्थे । उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
---

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update