Kath Khabar
ललितपुरमा आज सार्वजनिक विदा

 

                        ललितपुर, जेठ ९ । ललितपुर महानगरपालिकाले आज बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै महानगरले स्थानीय बिदा दिएको जनाएको छ । महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिइएको हो ।

‘नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरबासीको उल्लेख्य उपस्थिति र परम्परादेखिको धार्मिक महत्वको दिन भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भएको हो’, महानगरपालिकाले सूचनामा भनेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update