Kath khabar
गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध पेस भएको दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश

 

                 काठमाडौं, जेठ ९ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आज गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गर्नुभएको रिट निवेदन दरपीठ गर्ने आदेश खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियोे ।
---

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update