Kath Khabar
नक्कली नोटसहित सानेपाबाट एकजना पक्राउ


                ललितपुर, जेठ ११ । ललितपुर महानगरपालिका–२ सानेपाबाट नेपाली एक हजार दरका ५ थान नक्कली नोटसहित सोही महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी विट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update