Kath Khabar
सन्दीप लामिछानेलाई अमेरिकाको भिसा माग गर्दै माइतीघरमा प्रदर्शन

 

                            काठमाडौं, जेठ १६ । सन्दीप लामिछानेलाई अमेरिकाको भिसा माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।  अमेरिकामा हुने विश्वकप क्रिकेटमा सहभागी हुन सन्दीपलाई भिसा दिनुपर्ने भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई दबाब दिन प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले माइतीघरबाट अमेरिकी राजदूतावास घेराउ गर्नका लागि महाराजगन्जतर्फ जाने तयारी गरेका छन् । प्रदर्शनमा सांसद ज्ञानेन्द्र शाही पनि उपस्थित भएका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्न आवश्यक सबै प्रक्रिया पूरा गरेपनिअमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।  

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update