Kath Khabar
निर्देशक सुदर्शन थापा ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ

                    

                 काठमाडौं, जेठ २१ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनलाई ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चलचित्र ‘प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको हो । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले थापाविरुद्ध प्रहरी वृत्त बौद्धमा विश्वासघातसम्बन्धी मुद्दामा उजुरी दिएका थिए । आफ्नो अनुमतिविना निर्देशक थापाले विभिन्न देशमा प्रसाद २ को प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको उनीहरुको आरोप छ ।

उनलाई बालुवाटारको रोयल अम्पायर होटेल परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यहा उनी चलचित्र ‘रावायण’को दोस्रो चरणको छायाङ्कनको क्रममा रहेका थिए । सोमबार मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update