Kath khabar
भक्तपुरमा घरको झ्यालबाट खसेर एक बालकको मृत्यु

 

                      भक्तपुर, जेठ २३ । भक्तपुरमा घरको झ्यालबाट खसेर एक बालकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका - १० कमलविनायकस्थित एक घरको झ्यालबाट खसेर १७ महिने बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा रामेछापको रामेछाप नगरपालिका-३ घर भई हाल कमलविनायकमा डेरा गरी बस्ने सरु खड्काका छोरा सम्राट खड्का रहेका छन् । गत सोमबार बिहान करिब ११ बजे उनी झ्याल नजिक रहेको खाटमा खेल्ने क्रममा झ्यालबाट भुँइमा खसेर गम्भिर घाईते भएका थिए । उनलाई उनलाई तत्काल मध्यपुर अस्पताल लगिए पनि उनको उपचारको क्रममा मृत्यु  भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update