Kath khabar
तेस्रो पदभार ग्रहणपछि किसानलाई पीएम किसान निधि किस्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री मोदीको निर्णय


                नयाँदिल्ली, जेठ २८ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि शपथ लिएपछि सोमबार प्रधानमन्त्री किसान कोषको १७ औँ किस्ता जारी गर्दै नयाँ कार्यकालको सुरुवात गर्नुभएको छ ।  यस योजनाले ९.३ करोड किसानलाई लाभान्वित गर्ने र लगभग २० हजार करोड भारतीय रूपैयाँ किसानलाई वितरण गर्नेछ ।

“हाम्रो सरकार किसान कल्याणप्रति पूर्ण प्रतिबद्ध भएकाले कार्यभार सम्हालेपछि हस्ताक्षर गरिएको पहिलो फाइल किसान कल्याणसँग सम्बन्धित रहेको र आउँदो समयमा कृषि क्षेत्रका लागि अझ बढी काम गर्नेछौँ,” प्रधानमन्त्रीको कार्यालय प्रवेश र फाइलमा हस्ताक्षर गरेपछि प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीका अघिल्ला दुई कार्यकालमा आयुष्मान भारत, प्रधानमन्त्री जन धन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मन धन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री किसान सम्मान निधि, उडान र मेक इन इन्डियाजस्ता धेरै प्रमुख पहलहरू भएका छन् ।

नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा भव्य समारोहबीच तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो । समारोहमा राष्ट्रपति द्रौपदी मूर्मुबाट प्रधानमन्त्री, ३० पूर्णमन्त्री र ४१ राज्य मन्त्रीसहित कूल ७१ जनालाई पद तथा गोपनियताको सपथ लिएका थिए ।

छिमेकी क्षेत्र र हिन्द महासागर क्षेत्रका धेरै नेताहरू र राज्य प्रमुखहरूलाई प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा विशिष्ट पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो । सहभागीतालाई भारतको ‘छिमेकी पहिले’ नीतिको एक हिस्साका रूपमा व्याख्या गरिएको छ ।
---

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update