Kath Khabar
नेपालमा थप २३७० जनामा कोभिड १९ को संक्रमण

काडमाडौं, असार २८ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय ७० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल ११ हजार पाँच सय ८४ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुन् । 

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो संगै कोभिड १९ को संक्रमणबाट मृत्यु हुुनेहरुको कुल संख्या नेपालमा नौ हजार चार सय पुुगेको छ । पछिल्लो अवधिमा देशभर एक हजार एक सय ३३ संक्रमणमुक्त भएको जानकारी पनि मन्त्रालयले दिएको छ ।

काडमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप चार सय ३३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सो मध्ये काडमाडौं जिल्लामा मात्र दुुई सय ८९, ललितपुर जिल्लामा ९० र भक्तपुर जिल्लामा ५४ जना संक्रमित भेटिएका हुुन् । पछिल्लो समय थप भएको संख्या समेत गरी हाल काठमाडौं उपत्यकामा सात हजार छ सय ९० जना सक्रिय संक्रमितहरु रहेकाछन् । 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update