Kath khabar
ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

 

                  ललितपुर, असार ३ । ललितपुरको बालकुमारीस्थित आकासे पुलमूनि स्कुटरलाई ट्रकले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।

आज (सोमबार) साँझ कोटेश्वरबाट ग्वार्कोतिर जाँदै गरेको प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले सोही दिशामा रहेको बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डे रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update