गायिका शर्मिला तिवारी मौलिक तिज गीत ‘बारुली कम्मर’ सार्वजनिक

काठमाडौं, असार २९ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज अवसरमा गायिका शर्मिला तिवारी र गायक विरेन रिसालको आवाजमा रहेको मौलिक तिज गीत ‘बारुली कम्मर’ बुढा सुब्बा डिजिटलको युट्युव च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाली नारीहरुको पिर र वेदनालाई ठट्यौली पारामा मनका भावना गीतमा पोखिएको छ । विरेन रिसालको शब्द तथा युनिक भोजराज विश्वकर्माको लय सिर्जना गीतमा छ ।
प्रस्तुत गीतको म्युजिक भिडियोमा रेनु थापा र रुसिल रुसिले आकर्षक नृत्य प्रस्तुत गर्नुुभएको छ । दिवश गुरुङको छायाँकन, सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=g_2-axyMIS4
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय