Kath khabar
'कुटुम्ब'को सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति


                   काठमाडौं, असार ९ । विश्वभर जुन २१ मा विश्व संगीत दिवस मनाइन्छ । यो दिवस संगीत कलाको लागि महत्वपूर्ण सम्मान हो । जुन दिन सबै संगीतकारहरूले एकसाथ आफ्नो सांगीतिक कला प्रदर्शन गर्ने गर्दछन् ।

प्रत्येक वर्ष, विश्व संगीत दिवसलाई संस्कृति स्कुलले पनि महत्वपूर्ण अवसरका रुपमा मनाउँदै आएको छ । उक्त दिन विद्यालयमा एक विशेष प्रकारको सांगीतिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रममा सबैलाई सहभागि हुन र संगीतको आनन्द लिन साथै विश्व संगीत दिवसलाई जीवन्त बनाउन पनि कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

विश्व संगीत दिवसको विशेष दिनमा यो वर्ष संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्याण्ड कुटुम्बले आफ्नो विशेष प्रस्तुति दिएको थियो । उक्त कार्यक्रममा कुटुम्बले आफ्नो प्रस्तुतिमा विभिन्न परम्परागत बाजागाजाहरुले मनोरञ्जन प्रदान गरेको थियो । कुटुम्ब ब्याण्डको सहकार्यमा संस्कृति विद्यालयले ‘स्कुल टु स्कुल’ नामक क्याम्पेन गरेको छ । यो क्याम्पेन जाजरकोटका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन समर्पित रहेको छ ।

यस सराहनीय पहलमा विद्यार्थी, अभिभावक र कर्मचारी सदस्यहरूले विभिन्न स्टेशनरी सामग्रीहरू प्रदान गरेर समर्थन गरे । विद्यार्थीहरुको उज्वल भविष्यको लागि बालबालिकाको शैक्षिक आवश्यकताहरूमा सहायता प्रदान गर्नुको महत्त्वलाई जोड दिँदै विद्यालयले पनि यस योजनाको लागि रु ५०,००० प्रदान गरेर महत्वपूर्ण योगदान गरेको छ ।

विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने सराहनीय उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कुटुम्बको सुमधुर संगीतले कार्यक्रममा रौनक मात्र थपेन, संगीतले समुदायमा पार्न सक्ने सकारात्मक प्रभावमा पनि प्रकाश पार्यो ।

Img-III-(1)-1719142395.jpeg
Img-I-(1)-1719142394.jpegImg-I-(1)-1719142394.jpeg
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update