Kath Khabar
नेपालमा थप २३९८ जनामा कोभिड १९ को संक्रमणको पुष्टि

काठमाडौं, असार २९ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालम पछिल्लो थप २४ घण्टामा दुई हजार तीन सय ९८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरबाट प्रयोगशालाहरुबाट कुुल ११ हजार १२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुन् ।

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो समेत गरेर नेपलमा कोभिड १९ बाट मृत्यु हुुनेहरुको कुुल संख्या नौ हजार चार सय १२ पुुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा दुुई हजार ७८ संक्रमणमुक्त भएकाछन् ।

मन्त्रालयका अनुुसार काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टामा पाँच सय ९७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौ जिल्लामा चार सय १०, ललितपुर जिल्लामा ९७ र भक्तपुर जिल्लामा ८० जना संक्रमितहरु भेटिएको मन्त्रालयले जाानकारी दिएको छ । यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको कुुल संख्या सात हजार सात सय ४९ पुुगेको छ ।  

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update