Kath Khabar
विरेन्द्र नौभाग्यको ‘तिम्रो मनमा’ नामक गीत बजारमा

काठमाडौ, बैशाख ५
नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनि नेपाली सुगम संगीतको निर्देशन गर्दै आउनुुभएका विरेन्द्र नौभाग्यको ‘तिम्रो मनमा’ नामक गीत बजारमा आएको छ । यो गीतमा गायक विष्णु ढकालले स्वर दिनुभएको छ े । 
लाकडाँकको निर्देशनमा रहेको यो गीतलाई स्वंम लाकडाँकले संगीत भर्नुभएको हो । मर्मस्पर्शी शब्दले भरिपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले बताएको छ । युवा अवस्थामा भएका जोडिविचको प्रेम प्रसङ्गलाई गीतमा निकै आकर्षकरुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमिकाविचको मायालाई आमदर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको निर्देशक नौभाग्यले बताउनुभयो । 
‘तिम्रो मनमा गीतको भिडियोलाई लाकदाकले छायाँकन तथा सम्पादन गर्नुभएको हो भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ । यसमा विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको रोमान्टिक र जीवन्त अभिनय रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update