
काठमाडौं, असार ३० । नेपाली संगीत उद्योगमा दर्जनौं सुपर हिट अजम्बरी गीतहरु पस्कीसक्नुु भएकी नेपाल की नं १ गायिका स्वर किन्नरी अन्जु पन्तको आवाजमा रहेको अर्को नयाँ हिन्दी ‘यु ना हो जाता’ गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । यस अगाडि पनि नेपाली गीतको अलवा कयौं हिन्दी गीतहरुमा आफनो आवाजको जादु अन्जुले छरी सक्नुुभएको छ ।
डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गर्नुुभएको छ । प्रेमी प्रेमीका विचको माया प्रेम लाई गीतमा समेटिएको छ । मायालु जोडीविचको प्रेमका भावहरुलाई समेटिएको छ । गीतमा सबै प्रेमीले मनहरुको भोेगाईलाई समेटिएको कारणले सबै समुहका आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतकार पवित्रा राईले बताउनुभयो । हिन्दी भाषामा निमार्ण गरिएको गीतलाई मनोज राईले सम्पादन गर्नुभएको छ ।
भिडियो लिंक
https://www.youtube.com/embed/W9NLnWtbCA4