Kath khabar
नगद, सुन तथा चाँदीका विभिन्न गरगहना चोरी


                  भक्तपुर, असार २४ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।  

काठमाडौं महानगरपालिका–३१ बासुकी मार्ग पुरानो बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइल समेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा चाक्लेकुना बस्ने ४० वर्षीया शुसिला पाठकको घरबाट करिब साढे ३ तोला  बराबरको सुनका गरगहाना र ५ तोला बराबरको चाँदीको गरगहना आइतबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update