कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध
                        
                        
                                                
                                            काँक्रेविहार (सुर्खेत), १३ साउन | कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
 
जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु  र हुम्ला प्रवेशको मुख्यस्थल हो  । पहिरोका कारण  यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख  अर्जुन केसीले बताउनुभयो । सडक खुलाउन भरमग्दुर भइरहेको उहाँले बताउनुभयो । 
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १०:१३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
