
काठमाडौं, साउन २ । गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिनुुभएको छ । गीतमा शब्द शङ्कर अधिकारी घायलको रहेको छ भने संगीत गायक भुवन प्यासीको नै रहेको छ । गीतमा एरेन्ज राजेन्द्र बजगाईको रहेको छ ।
कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ । वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताउनुभयो । सुरसंगीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।
चितवनमा नै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गर्नुभएको हो । गायक प्यासीले गीत आफ्नो अफिसियल यूट्युब च्यालन मार्फत सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=p9PL7hzQ9nU