
काठमाडौ, साउन ३ । मेलिना मैनाली पछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्डबाट बाहिरिनुभएकी गायिका सुदिता राईलाई पनि आफ्नो बाचा अनुरुप राई इज किङ्ग राजेश पायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिनुभएको छ ।
गीत रेकर्डिङ्ग संगै राजेश पायल राई र सुदिता राईको आवाजमा सजिएको ‘लगन’ गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई पृथक रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विबेक राना पाहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीलेनै मिक्सिङ र मास्टरिङ गर्नुभएको छ ।
गीतमा गिटार सन्जिव सुब्बाले गिटार र रत्न विकले बाँसुरी बजाउनु भएको हो भने गीतको कोरसमा गायिकाद्वय दिपा तामाङ र संगीता राना पाहेलीले स्वर दिनु भएको छ भने भिडियो छायांकन मनोज राई र दुर्गा बान्तवा राई गरेका हुन् भने भिडियो सम्पादन मनोज राईले नै गर्नुुभएको हो । गायक राजेश पायल राईको आफनै अफिसियल यु–ट्युब च्यानलमार्फत शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डिङ्गमा रहेको छ भने मेलिना मैनालीसंगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि अहिलेसम्म ट्रेन्डिङ्गमा रहेको छ ।
भिडियो लिंक :
https://youtu.be/RFhN0dLn2Nw