Kath Khabar
नेपाल आईडलबाट उदाउनुभएका गायक बिक्रम बरालको ‘दोषी मन’ सार्वजनिक

काठमाडौं, साउन ४ । नेपाल आइडलबाट उदाउनुभएका युवा गायक बिक्रम बरालको स्वर र अनुप पाहारीको शब्द र संगीतमा ‘दोषी मन’ सार्वजनिक भएको छ । ब्लूज शैलीमा आधारित यो नयाँ गीतको भिडियो राजु गुरुङ्ले निर्देशन गर्नुभएको हो ।

भिडियोमा सैलेश्वोरी सिंह ,गिरिश पोखरेल, स्वयम् बिक्रम बराल र नवल लामाले भूमिका खेलेका छन् । सार्वजनिक गीत एवं म्यूजिक भिडियो केहि फरक देखिन्छ । यसै कारण पनि गीतलाई दर्शक स्रोताहरुले रुचाउनेमा निर्माण टिम बिस्वस्त रहेको छ । भिडियोमा मिलन राइको सम्पादन, प्रिन्स श्रेष्ठको कलर, लोक चन्द्र थापाको छायांकन समावेस रहेको छ ।   

भिडियो लिंक
https://youtu.be/OSiZazsQRC8

 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update