ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत फेला
                        
                        
                                                
                                             
                                                                    
ललितपुर, भदौ १६ । ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिएका छन् ।
ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाईबल स्कुलको होस्टेलमा बसी अध्ययन गर्ने मोरङ घर भएका २९ वर्षीय सकलु मर्डी सोही होस्टेलमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । मृतक छारे रोगको बिरामी रहेको बुझिएको छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:३७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                     
                     
                    -1761560628.png) 
                    