गायक चापागाईको स्वरमा सार्वजनिक भयो, “कस्तो माया जाल”

काठमाडौ, बैशाख ६
नेपाली लोकदोहोरी गीत संगीतमा लोकप्रिय गायिका रिना केसी र गायक कमल चापागाईको आवाजमा रहेको “कस्तो माया जाल” गीतको भिडियो सार्वजनिक भएको छ । यो गीत माला रानी क्रियसन मार्फत सार्वजनिक भएको हो ।
मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अमृत चापागाई र मालती ढकालको शब्द तथा कमल चापागाईको लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेर आफुलाई माया गर्ने प्यारो मान्छे नआँउदाको पिडालाई रोमान्चकरुपमा प्रस्तुत गरिएको छ । मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा नरेन श्रेष्ठको निर्देशन एवम् अमोन रानाको कोरियोग्राफी भिडियोमा रहेको छ । “कस्तो माया जाल” गीतको भिडियोमा शुक्र लामा र आरती मगरको अभिनय रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय