Kath Khabar
लोकपप गायक सुनिल गिरीको “लेकाली भेगैमा” मा उर्मिलासंग रोमान्स

काठमाडौ, बैशाख ६ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत “लेकाली भेगैमा” को भिडियो सार्वजनिक गरिएको छ ।  प्रतिवद्धको शब्द सृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुङको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने तीन बटुवा मध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै  प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ ।
लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर वा नजानेर गरिने प्रेममा देखिने रमाईला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामाङले कैद गर्नुभएको छ । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि सुनिलकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update