Kath Khabar
नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८ हुने, आबेदन फारम खुल्ला

काठमाडौं, साउन ९ । क्रियटिभ ईन्साइट मिडिया प्रा.लि. र रोज सिप विकास तालिम केन्द्रको संयुक्त प्रस्तुतिमा नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि “नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८“ हुने भएको छ । सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनिङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा–मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा,  कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनी र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड गर्न लागिएको रोज सिप विकास तालिम केन्द्रको अध्यक्ष बरिष्ठ सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराउनुभएको छ ।

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यबसायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाई सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाई निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाई ब्यबस्थित गर्ने र पार्लर ब्यबसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाई उच्च बनाई पार्लर तथा कस्टमेटिक ब्यबसायलाई उद्योगको रुपमा स्थापना गर्ने हेतुले यस अवार्ड आयोजना गर्न लागिएको हो ।

अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरिने छ भने सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । “नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८१” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक सौन्दर्यकर्मी, पार्लर, कस्टमेटिक ब्यबसायी, फेसन मोडल तथा फेसन तथा बुटिक ब्यबसायीहरुले काठमाडौँको रविभवनमा रहेको रोज सिप विकास तालिम केन्द्रको कार्यालयमा फारम भर्न सकिनेछ ।

 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update